पाकिस्तानकाे आतंककारी समूह तहरिक ए तालिबान पाकिस्तान(टिटिपी) का नेता माेहम्मद खुरासनी मारिएकाे अल्जजिरा मिडियाले बताएकाे छ ।
उनी अफगानिस्तानकाे नंगाहार प्रान्तमा मारिएका हुन् । उनी माेस्ट वान्टेडकाे सूचीमा थिए ।
अल्जजिराले सुरक्षा स्राेतले नै खुरासनी मारिएकाे बताएकाे जनाएकाे छ । पाकिस्तानी मिडियाले पनि खुरासनी मारिएकाे समाचार प्रकाशित गरेका छन् ।
खुरासनी मारिएकाे समाचार प्रकाशित भएलगत्तै पाकिस्तानी तालिवानले अनुसन्धान जारी रहेकाे बताएकाे छ ।
गत अगस्टमा तालिबानले काबुलमा कब्जा गरेपछि खुरासनी जेलबाट बाहिरिएका थिए । त्यसपछि उनले पाकिस्तानी तालिबानसँग मिलेर केके गरे, त्यस बारेमा भने स्पष्ट हुन सकेकाे छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।