अमेरिकाले अफगानिस्तानलाई ३० करोड डलर सहयोग गर्ने
फरकधार / २८ पुस, २०७८

अमेरिकाले अफगानिस्तानलाई ३०.८ कराेड अमेरिकी डलर सहयोग गर्ने बताएको छ।



ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नका अनुसार यो सहयोग अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यएसएड) को तर्फबाट मानवीय राहत पुर्‍याउने स्वतन्त्र एजेन्सीको माध्यम दिइनेछ ।

यस धनराशिको प्रयोग स्वास्थ्य सेवा, आपत खाद्यान्न लगायतका कार्यका लागि हुनेछ ।
संयुक्त राष्ट्र संघले अफगानिस्तानको अवस्था नाजुक हुँदै गएको भनी विश्वभरका देशसँग ५ अर्ब डलरको सहयोग गर्न अपिल गरेको थियो । 



बितेको साल तालिबान सत्तामा आएपछि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द भएको थियो । यसका साथै अमेरिकाले विभिन्न किसिमका प्रतिबन्ध लगाएको थियो । जसले गर्दा विदेशीको सहयोगमा निर्भर अफगानिस्तानलाई अस्पताल, स्कुल र सरकारी एजेन्सी चलाउन निकै समस्या भएको थियो ।



रेड क्रसको अन्तर्राष्ट्रिय कमिटीले विश्वका विभिन्न देशले तालिबान सरकारलाई मान्यता दिन नचाहेको बताएको छ । जसको असर अफगानिस्तानका ३.९ करोड मानिसले भोगिरहेका छन् । उनीहरूमाथि चरम भोकमरीबाट गुज्रिरहेका छन् ।

अफगानिस्तानमा सहयोग नपुग्दा महिला र बच्चामा कुपोषणको खतरा बढ्दै गइरहेको छ। विभिन्न संघसंस्थाहरू अफगानिस्तानमा लगाइएको सबै प्रतिबन्ध हटाइनुपर्नेमा जोड दिँदै आएका छन् । 

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ९:४८:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया