चीनको चर्चित मोबाइल निर्माता कम्पनी भिवो इन्डियन प्रिमियर लिग (आइपिएल)को मुख्य प्रायोजक नरहने भएको छ ।
भिवोले आइपिएलसँगको सम्झौता अझै २ वर्ष बाँकी भए पनि मुख्य प्रायोजकबाट हात झिकेको जनाएको छ ।
भिवोले सन् २०१८ मा वार्षिक ४४० करोड भारतीय रुपैयाँमा पाँच वर्षका लागि आइपिएलसँग सम्झौता गरेको थियो ।
गत वर्ष चीनसँगको विवादका कारण भिवोलाई हटाएर ड्रिम ११ लाई आइपिएलको मुख्य प्रायोजक बनाइएको थियो ।
भिवो हटेपछि अब आइपिएलको मुख्य प्रायोजक टाटा ग्रुप रहनेछ ।
टाटा मुख्य प्रायोजक हुने भएपछि प्रतियोगिताको नाम टाटा आइपिएल राखिने भएको छ । यो संस्करणको आइपिएलमा १० टोलीले सहभागिता जनाउनेछन् । यसका लागि मेगा अक्सन आगामी फेब्रुअरीमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।