प्रदेश २ : अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।

सर्लाही निवासी अन्सारीले युएनमा काम गरिसकेका छन् । 

विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट मात्रै प्रदेशको मातहतमा आएसँगै सातवटै प्रदेशमा प्रदेश मातहतमा आएको हो ।

विगतको पञ्चायतकालमा स्थापना भएको पञ्चायत प्रशिक्षण केन्द्रको रूपमा संचालित यो कार्यालय केन्द्र सरकारको मातहतमा हुँदा क्रियाकलापविहीन रहेको थियो । अब उपरान्त यस कार्यालयले प्रदेश विकासमा अहम भूमिका खेल्ने विश्वास प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले व्यक्त गरेका छन् ।

यस पदका लागि ३ जना प्रतिस्पर्धीहरू सिफारिस भएका थिए । 

जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको यस कार्यालयमा प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने बताइएको छ । 



यो निर्देशनालय मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ ।



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ११:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया