तालिबानले दियो ताजिकिस्तान र उज्वेकिस्तानलाई धम्की– विमान फिर्ता नगरे कारवाही गर्छौं

अफगानिस्तानको सत्ता सम्हालिरहेको अतिवादी समूह तालिबानले छिमेकी राष्ट्र ताजिकिस्तान र उज्वेकिस्तानलाई धम्की दिएको छ । 

तालिबानले अफगानिस्तानका विमान र हेलिकोप्टर फिर्ता नगरे ताजिकिस्तान र उज्वेकिस्तानमाथि कारवाही गर्ने धम्की दिएको हो । 

तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदले उक्त धम्की दिएका हुन् । 

काबुलका अफगान पाइलट र अफगान एयर फोर्सका कर्मचारीलाई सम्बोधन गर्दैै उनले पछिल्लो सरकार हट्दा विमान र हेलिकोप्टर छिमेकी राष्ट्रमा लगिएको बताएका हुन् । ती विमान अफगानिस्तानका सम्पत्ति भएको कारण तुरुन्त फिर्ता गर्न उनले आग्रह गरेका छन् । 

‘हामी छिमेकीको तुलनामा कमजोर हुन सक्छौं तर डरपोक छैनौं । हामी हाम्रा विमान र हेलिकोप्टरका हरेक पुर्जा फिर्ता गरेरै छोड्छौँ । हाम्रो धैर्यताको परीक्षा नलिन म अनुरोध गर्दछु र विमान तथा हेलिकोप्टर हामीलाई फिर्ता गरुन्,’ रक्षामन्त्रीी मुजाहिदले भनेका छन् । 



उनले देश छोडेर नजाने अफगान वायु सेनाका पाइलट तथा इन्जिनियरलाई धन्यावाद दिएका छन् । देश छोडेर गएकाहरुलाई फिर्ता हुन पनि उनले आग्रह गरेका छन् । 

अफगान रक्षा मन्त्रालयका अनुसार गत वर्ष तालिबान सत्तामा आएपछि ४० भन्दा बढी हेलिकोप्टर छिमेकी राष्ट्र ताजिकिस्तान र उज्वेकिस्तानमा लगिएको छ । यस विषयमा ताजिकिस्तान र उज्बेकिस्तानले कुनै प्रतिक्रिया जनाएका छैनन् । 



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १२:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया