ए डिभिजन लिग : दर्शकको प्रवेशबारे छलफल गर्न बैठक बस्दै

केही दिनयता नेपालमा काेराेना संक्रमण बढ्दै गइरहेकाे छ । काेराेनाकाे जाेखिमलाई मध्यनजर गर्दै रंगशालामा दर्शकलाई प्रवेश दिने नदिने बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)काे लिग समितिको बैठक १ बजे बस्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज दिउँसो १२ बजेबाट लागू हुने गरी जारी गरेको नियम उपर बैठक बस्न लागेको लिग समितिका निर्देशक सञ्जीव मिश्रले जानकारी दिएका छन् ।

२५ जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नपाउने नियम तथा अन्य नियमहरूलाई ध्यानमा राखी उक्त बैठक बस्न लागेको हो ।

बैठकमा अब दर्शकको उपस्थितिबारे निर्णय गर्ने निर्देशक मिश्रले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १२:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया