एएफसी कप छनोटमा मछिन्द्रको पहिलो भेट श्रीलंकन क्लबसँग
फरकधार / २८ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

एएफसी कप २०२२ छनोटमा नेपालको प्रतिनिधि गरेको मछिन्द्र क्लबले प्राथमिक चरणको पहिलाे खेलमा श्रीलंकन क्लब ब्लु स्टार स्पोर्ट्स क्लबको सामना गर्ने भएको छ।



मछिन्द्र जारी ए डिभिजन लिगको सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै एएफसी कप छनोटमा पुगेको हो ।



मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सातौं चरणमा नेपाल पुलिसलाई १-० हराएपछिको पाेस्ट म्याच कन्फेरेन्समा विदेशी खेलाडी थपेर टोली बलियो बनाउने बताएका थिए । 



२०२२ जनवरी १७ मा हुने उक्त खेलमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेको क्लब मछिन्द्रले जित निकाले छनोटको दोस्राे चरणमा प्रवेश गर्नेछ । 







  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १२:३४:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया