बलिउड फिल्म ‘एनिमल’ मा खेल्दै विपिन कार्की

कलाकार विपिन कार्कीले बलिउड‍ फिल्ममा अभिनय गर्ने भएका छन् । पछिल्लाे समय निकै रुचाइएका कार्की ‘एनिमल’ नामक बलिउड फिल्ममा अभिनय गर्ने भएका हुन्।

‘एनिमल’मा भारतीय कलाकार अनिल कपुर, रणवीर कपुरलगायतका कलाकारहरूकाे अभिनय रहनेछ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने बताइएकाे छ ।

कार्कीले फिल्मकाे लागि अगस्टमा मुम्बई आउन प्रस्ताव आएकाे जानकारी दिए ।

बलिउड सिनेमामा नेपाली कलाकारलाई अफर आउनु नेपाली सिने जगतकै प्रतिष्ठाकाे कुरा हाे।

पशुपतिप्रसाद, जात्रैजात्राजस्ता फिल्मबाट आफ्नाे छुट्टै पहिचान बनाएका विपिनकाे बलिउड भ्रमण कस्ताे हुने हाे, याे त समयले नै जनाउला । 

थिएटरबाट आएका कार्कीले सन् २०१२ मा रिलिज भएकाे फिल्म लुटबाट कलिउडमा डेब्यु गरेका थिए ।
 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १२:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया