एमाले अछाम अधिवेशन : ३०० मत गन्दा बोहराको अग्रता

एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । अहिलेसम्म ३०० मत गणना गरिएको निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्मको गणनामा अध्यक्षका उम्मेदवार प्रकाश शाहले १३६ मत प्राप्त गरेका छन् भने चन्द्र बोहराले १५८ मत पाएका छन् । पदाधिकारीको मत गणना आजै सकिने बताइएको छ । जिल्लामा ७ सय ६२ जना मतदाता रहेको निर्वाचनमा ७ सय ५० मत खसेको हो ।

एमालेका नेता भीम रावलको गृहजिल्ला अछामको अधिवेशनलाई विशेष रूपमा समेत हेरिएको छ । नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा लडेका छन् ।

अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको समूहबाट उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद, सहसचिवमा शेरबहादुर बुढा, डम्बर बिसी रहेका छन् भने प्रकाश शाह पक्षबाट उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल, उप–सचिवमा प्रेमबहादुर महर र प्रेम खत्री उम्मेदवार छन् ।

बोहरा प्यानलको उपाध्यक्षमा भीमबहादुर विष्ट, सचिवमा आदर्श साउँद, उपसचिवमा डम्बर बीसी र टोपबहादुर शाही रहेका छन् । यस्तै शाह प्यानलमा उपाध्यक्षमा बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल, र उपसचिवमा प्रेम महर र प्रेम खत्री रहेका छन् ।

एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १५:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया