नागरिकता माग्दै माइतीघरमा धर्ना

नागरिकताविहीनले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।​ नागरिकताविहीन नेपालीले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माइतीघरमा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताविहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए ।

उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।

‘हामी नागरिकता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर, संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो’ उनले भने ।

अध्यक्ष साहले सरकारले आफ्ना नागरिकलाई अनागरिक रूपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १५:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया