मनोनयनमा कुनै पक्षपात भएको छैन : राजेन्द्र लिङ्देन
फरकधार / २८ पुस, २०७८
फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।



बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचित मनोनीत पार्टी सदस्यलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभई निष्पक्ष ढंगले पार्टी सदस्य मनोनीत गरेको बताएका हुन् ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनर्स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताए ।

उनले पार्टीमा मनोनयन सदस्यको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकका हिसाबले गरिनेसमेत बताए । उनले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने बताए ।



अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मूल मुद्दाको रूपमा लिइएको भए पनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए । 

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १६:१:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया