आइभरी कोस्टका गोलरक्षक सेल्भेन फिफाको प्रतिबन्धमा

आइभरी कोस्टले अफ्रिका कप अफ नेसन्समा आफ्ना गोलरक्षक सेल्भेन ग्बोहोलाई मैदान उर्तान नपाउने भएको छ ।

फिफाले सेल्भेनमाथि लागुऔषध प्रयोगलाई लिएर प्रतिबन्ध लगाइएको पुष्टि गरेपछि आइभरी कोस्टले आफ्नो पहिलो रोजाइका गोलरक्षकलाई खेलाउन नपाउने भएको हो ।

इथोपियाको ओलकिटे सिटीका लागि व्यावसायिक फुटबल खेल्दै आएका सेल्भेनले विश्व एन्टी–डोपिङ एजेन्सीले उत्तेजक औषधिको रूपमा वर्गीकरण गरेको मुटुको औषधि ट्राइमेटाजिडिनको प्रयोग गरेको पाइएपछि फिफाले उनलाई अस्थायी रूपमा निलम्बन गरेको थियो ।

अफ्रिका कप अफ नेसन्सको समूह ‘इ’ अन्तर्गत बुधबार हुने इक्वाटोरियल गिनीविरुद्धको खेलबाट आइभरी कोस्टले प्रतियोगिताको सुरुवात गर्दैछ ।

यो खेल नेपाली समानुसार राति पौने १ बजे क्यामरुनको जापोमा स्टेडियममा हुनेछ । फिफाले सेल्भेनमाथि लागएको प्रतिबन्ध फुकुवा हुने आशामा आइभरी कोस्टले उनलाई टोलीमा समावेश गरेको थियो ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १६:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया