एमाले कञ्चनपुर नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी

नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ । बुधबार बिहानदेखि सुरु हुने भनिएको भए पनि दिउँसो ४ बजेदेखि मात्र मत गणना सुरु भएको हो । मंगलबार साँझ ५ बजेदेखि सुरु भएको निर्वाचन राति २ बजे सम्पन्न भएको थियो ।

४ सय ९९ मतदातामध्ये ४ सय ७० जनाले मतदान गरेका छन् । ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निवर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । पातल माओवादी केन्द्रमा एमालेमा प्रवेश गरेका व्यक्ति हुन् । 

थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र इश्वरा कुँवर उम्मेदवार छन् । यसैगरी, बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द उम्मेदवार रहेका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १७:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया