पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गयो : गोकुल बाँस्कोटा

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताएका छन् । 

प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै एवं एमालेका पोलिटब्युरो सदस्य बाँस्कोटाले पत्रकारिताको महत्व घट्दै गइरहेको बताए ।

‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो,’उनले भने, ‘छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।’

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १७:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया