टाइगर कप भलिबल : पुलिसको लगातार तेस्रो जित

पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबारको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । 

पुलिसले पुरुषतर्फ लगातार तेस्रो जित हात पार्ने क्रममा पोखरा रंगशालाको भलिबल कोर्टमा नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराएको हो ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–२३ र २५–९ ले जित्दै पुलिसले लगातार तेस्रो जित हात पारेको हो । यो जितसँगै ३ खेलमा ८ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । 

पुलिसले पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दा दोस्रो खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । 

एएिफको यो लगातार तेस्रो पराजय हो । उसले पहिलो खेल गण्डकी प्रदेशसँग ३–० को सोझो सेटमा गुमाउँदा दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग ३–१ सेटको हार बेहोरेको थियो । 

पुरुपतर्फ बुधबार नै भएको पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । 



महिलातर्फ विभागीय टोली एपिएफ क्लब र पुलिस क्लबले जित हात पारे । एपिएफले न्यू डायमन्ड स्पोर्टस् क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दा साविक विजेता पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । 



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १७:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया