प्रधानमन्त्रीनिवास बालुवाटारमा फैलियो कोरोना, भान्से र प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी संक्रमित

प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना फैलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत भान्से र प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिने अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षा अधिकारीको पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्री देउवाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

भान्से र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको बिहीबार पुनः पिसिआर परीक्षण गरिने बालुवाटार स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १८:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया