पछिल्लो एक सातामा नेपालमा कोरोना भाइरसका १० हजार संक्रमित थपिएका छन् । बुधबार मात्रै एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत पुस २२ गते नेपालमा ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। बुधबारसम्म आइपुग्दा सो संख्या झण्डै ६ गुढा बढेको छ ।
अघिल्लो मंगलबारसम्म नेपालमा ५ हजार ९४ जना मात्रै सक्रिय संक्रमित थिए । बुधबार त्यो संख्या ११ हजार ६ सय ९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस २३ गते ९६८ जना, पुस २४ गते ९४४ जना, पुस २५ गते ११६७ र पुस २७ गते २४४४ जना संक्रमित थपिएका छन् । बुधबार भने एकैदिन ३०७५ जना संक्रमित पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।