भागबन्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी

प्रदेश १ मा सत्तागठबन्धनका दलहरुबीच भागबन्डा मिलाउनका लागि सरकारले केही मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेकोमा मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी छ । 

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारमा हाल नेपाली कांग्रेसबाट दुई तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एकजना मन्त्री छन् । अब उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी गरी दुई मन्त्रालय मात्र खाली छ ।

राईलाई मुख्यमन्त्री बनाउन बेला दलहरुबीच भएको भागबन्डाअनुसार कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउन बाँकी छ । यो 

दलहरुलाई भाग पुर्‍याउन सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

मन्त्रालय विभाजन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलकै सिफारिसका आधारमा मन्त्रालय संख्या बढाएर मुख्यमन्त्रीको कार्यालयसहित १२ पुर्याउने तयारी छ । 

सत्तारुढ दललाई भागबन्डा मिलाउन मुख्यमन्त्री राईले राज्यमन्त्रीसहित मन्त्रिपरिषदको संख्या १७–१८ पुर्याउने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार २०:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया