नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र विष्टको प्यानल नै निर्वाचित भएको छ ।
बुधबार राति सम्पन्न पदाधिकारीको मतगणनाअनुसार अध्यक्षमा सुरेन्द्र विष्ट २८१ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मत पाए ।
पराजित थापा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका व्यक्ति हुन् । त्यस्तै, उपाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भइन् । उनले २५४ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गरे ।
आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा पल्लवराज भट्ट निर्वाचित भए । उनले सचिव पदका अर्का उम्मेदवार अशोककुमार चन्दलाई ७ मतले पराजित गरे । सचिवमा निर्वाचित पल्लवराज भट्टले २३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी अशोककुमार चन्दले २२६ मत प्राप्त गरे ।
जिल्ला कमिटी उपसचिवमा ३४७ मतसहित कर्णबहादुर चन्द र २९६ मतसहित फैरु तामाङ निर्वाचित भए । प्रतिद्वन्द्वी शेरबहादुर चन्दले १९७ मत मात्रै प्राप्त गरे ।
जम्मा ४९९ जना मतदातामध्ये ४७० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।