कस्तो रहला आज देशभरको मौसम ?

आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहने भएको हो । 

महाशाखाका अनुसार प्रदेश–१ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति पनि देशभर आंशिक बदली रहने छ ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् ।  





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ६:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया