बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । 

गएराति साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३(२ को रोमाञ्चक जित हात पारेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले एक/एक गोल गरे ।

 बार्सिलोनाका लागि लुक डि जोङ र अन्सु फातीले एक/एक गोल फर्काए । २५ औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता लिएको थियो ।

४१ औं मिनेटमा डि जोङले खेललाई एक/एक को बराबरीमा ल्याए । ७२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ ले अघि बढाए । 

८३ औं मिनेटमा अन्सु फातीले  बार्सिलोनालाई दुई/दुईको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।



अतिरिक्त समयको आठौं (९८ औं) मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई रोमाञ्चक जित दिलाए । उसले उपाधिका लागि १७ जनवरीमा एटलेटिको मड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ । 



  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ७:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया