टाइगर कप भलिबल : आर्मीको दोस्रो जित

त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीले गण्डकीमाथि २५–१५, २०–२५, २५–१५ र २६–२४ को सेटमा जित निकालेको हो । यस जितसँगै आर्मीले ३ खेल ६ अंक जोडेको छ । गण्डकीको यो दोस्रो हार हो ।

आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई हराएको थियो भने दोस्रो खेलमा आर्मी हेल्प नेपालसँग पराजित भएको थियो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १५:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया