सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको जावलाखेल युथ क्लबका खेलाडीमा रुघाखोकी फैलिएको छ ।
आफ्नो टोलीका आधाभन्दा धेरै खेलाडी रुघाखोकीले ग्रस्त भएपछि बिहीबार बिहानको ट्रेनिङ सेसनमा दुई गोलकिपरसहित १४ खेलाडी मात्रै उपस्थित भएको मुख्य प्रशिक्षक किशोर केसीले बताएका छन् ।
लिगको नवौं चरणका खेलअघिको प्रिम्याच कन्फ्रेन्समा बोल्दै केसीले भने, ‘हाम्रा आधाभन्दा धेरै खेलाडीको रुघाखोकीले ग्रस्त छन् । जसको कारण आज बिहान दुई गोलकिपरसहित १४ खेलाडीले मात्रै ट्रेनिङ गरेका छन् ।’
खेलाडीहरूको अवस्थामा क्रमिक सुधार भइरहेकाले खेल हुने दिनसम्म सबै खेलाडी ठीक हुनेमा आफू आशावादी रहेको प्रशिक्षक केसीले बताएका हुन् । जावलाखेलले नवौं चरणमा सोमबार न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।
आठौं चरण सकिँदा २ जित, चार हार र दुई बराबरीको नतिजा निकालेको जावलाखेल ८ अंकसहित नवौं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।