बैतडीमा थप एक युवकको शव फेला
रिदम सिंह
फरकधार / २९ पुस, २०७८

बैतडीमा थप एक युवकको शव फेला परेको छ। पाटन नगरपालिका–६ हिरापुर नजिक सडकभन्दा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

ती युवकको शव सडेको अवस्थामा फेला परेको निरीक्षक शाहीले बताए। मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शवको केही भाग स्यालले खाएकाले पहिचान हुन सकेको छैन।
 
बुधबार मात्रै सुर्नया गाउँपालिका–६ का डम्बरदत्त अवस्थीको शव जंगलमा फेला परेको थियो। मंसिर १४ गतेदेखि बेपत्ता उनको हत्या गरेको भन्दै सोही ठाउँका स्थानीय हरिश अवस्थीले स्वीकार गरेका थिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बैतडी प्रहरीले बताएको छ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार २०:४६:२४,   अन्तिम अपडेट : पुस २९, २०७८ बिहीबार २०:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया