वेस्ट इण्डिजमाथि आयरल्याण्डको शानदार जित

वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल आयरल्याण्डले जितेको छ । गएराति भएको खेलमा उसले डकवर्थ लुइस (डिएल) नियमको आधारमा ५ विकटले म्याच जितेको हो । वर्षा बाधक बनेपछि ३६ ओभरमा झारिएको खेलमा आयरल्याण्डले १६८ रनको लक्ष्य ३२.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । 

उसका लागि ह्यारी टेक्टरले अविजित ५४, एन्डी म्याकब्राइनले ४५, विलियम प्रोटरफिल्डले २६, कप्तान पउल स्टर्लिङले २१ र कर्टिस क्याम्फरले १२ रनको योगदान दिए । बलिङमा अकिल हुसेनले दुई, किरण पोलार्ड, रोमारियो शेफर्ड र रोस्टन चेसले एक/एक विकेट हात पारे ।

त्यसअघि अमेरिकाको किङ्स्टनमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले ४८ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनायो । उसका लागि रोमारियो सेफर्डले ५०, ओडेन स्मिथले ४६, सहमराह ब्रुक्सले ४३, शाई होपले १७, रोस्टन चेसले १३, अकिल हुसेनले १३ र जस्टिन ग्रेव्सले १० रन बनाए । 

बलिङमा एन्डी म्याकब्राइनले चार, ग्रेग योङले तीन, जोस लिटलले दुई र जर्ज डकरेलले एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिज आयरल्याण्डले १-१ को बराबरी बनाएको छ । आयरल्याण्ड र वेस्ट इण्डिजबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ७:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया