अब अस्ट्रेलिया पढ्न गएका विद्यार्थीले जति घन्टा पनि काम गर्न पाउने

अस्ट्रेलियामा पढ्न गएका विद्यार्थीले अब जति घन्टा पनि काम गर्न पाउने भएका छन् । 

अस्ट्रेलियामा अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएकाे छ । कामदारहरू संक्रमित भई आइसाेलेसनमा रहेकाले ​विद्यार्थीहरूले जति घन्टा पनि काम गर्न पाउने भएका हुन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसले १४ दिनमा ४० घन्टा मात्र काम गर्नुपर्ने नियम हटाउने घोषणा गरिसकेका छन् । जसको मतलब अब विद्यार्थीले आफूसक्दाे काम गर्न सक्नेछन् ।

गत वर्षकाे मे महिनामा पर्यटन र आतिथ्य क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको चालीस घण्टे कामको सीमा हटाइएको थियो ।

अस्ट्रेलियामा कर्मचारीहरू कोरोना संक्रमित भएकाले खाद्यान्न वितरण र कारखानामा कर्मचारीहरूकाे अभाव छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार अस्ट्रेलियामा हालसम्म १३ लाख ९८ हजार ७७६ जना काेराेना संक्रमित भएका छन् भने २५२२ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियामा ७८.२ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।
 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ७:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया