ए डिभिजन लिग : आजबाट नवाैं चरणका खेल
फाइल फाेटाे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट नवौं चरणका खेलहरू सुरु हुँदैछन् ।

लिगको नवौं चरणअन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई खेल हुनेछन् ।

पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबकाे सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

८ खेलमा ७ अंक जोडेर दशाैं स्थानमा रहेकाे एपिएफ हिमालयनलाई हराएर अंक तालिका सुधार्न चाहन्छ । 

८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेकाे हिमालयन पनि एपिएफलाई हराउँदै शीर्ष पाँचमा उक्लने साेचमा छ ।

साँझ पाैने पाँच बजे सुरु हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्  ।



८ खेलमा १९ अंक जाेड्दै दोस्रो स्थानमा रहेकाे मनाङ सातदोबाटोमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लनेे दाउमा छ ।

८ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको सातदोबाटो पनि मनाङलाई हराएर अंक तालिका सुधार्ने प्रयासमा हुनेछ।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ८:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया