लाखाैं अफगानी नागरिक मृत्युकाे संघारमा छन् : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघले बिहीबार लाखौं अफगानी नागरिक मृत्युको संघारमा पुगेको भन्दै चेतावनी दिएको छ ।

केही समयअगाडि संघले अफगानिस्तानको अर्थव्यवस्था ढल्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायसँग पाँच अर्ब सहयोग गर्न अनुरोध गरेको थियो । 

संयुक्त राष्ट्र संघले अफगानिस्तानमा फ्रिज भई बसेको सम्पत्ति चलाउन र बैंकिङ सिस्टम सुरु गर्न पनि अपिल गरेको छ ।

फ्रिज भएको पैसा अर्थव्यवस्था बचाउनमा लगाउनुपर्ने संघका महासचिव एन्टोनियो गुटेरेसकाे भनाइ छ ।

गुटेरेसले अफगानिस्तानको अर्थव्यवस्था चाँडै सुचारु नभए लाखौं नागरिक भोकमरीको शिकार हुने चेतावनी दिए ।

राष्ट्र संघका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको अवस्थामा छन् ।



गत वर्षको अगस्टमा अमेरिकी सेनाको फिर्ता र तालिबानको कब्जापछि देशको आर्थिक अवस्था खस्किँदै गइरहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले अफगानिस्तानको अवस्था नाजुक भएको भन्दै विश्वका विभिन्न देशलाई सहयोग गर्न आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ९:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया