भारतको जलपाइगुडीमा रेल दुर्घटना : मृत्यु हुनेकाे संख्या ९ पुग्याे

पश्चिम बंगालको जलपाइगुडी जिल्लामा गुवाहाटी-बिकानेर एक्सप्रेसको रेल दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ९ पुगेकाे छ ।

केन्द्रीय मन्त्री जाेन बार्लाले दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन् ।

दुर्घटनामा परी ३६ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ।

दुर्घटना साँझ पाँच बजे भएको हो । १२ वटा डिब्बाहरू लिग बाहिर पुगेका थिए ।

मन्त्री बार्लाका अनुसार उद्धार कार्य सकिएकाे छ । यात्रीहरूलाई विशेष रेलबाट गुवाहिटी पठाइएकाे छ ।

एक यात्रुले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार एकै झटकामा धेरै डिब्बाहरू लिक बाहिर पुगेका थिए । 



घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको छ ।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ९:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया