कायली जेनर बनिन् इन्स्टाग्राममा ३०० मिलियन फलोवर्स हुने पहिलो महिला

अमेरिकन व्यापारी कायल जेनर सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोवर्स भएकी विश्वकै पहिलो महिला बनेकी छन् ।

२४ वर्षीय जेनरले पपस्टार एरियाना ग्रान्डे र सेलेना गाेमेजलाई पछि पारेकी हुन् ।  दुवै पपस्टारकाे २८९ मिलियन फलाेवर्स छन् ।

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोवर्स भएका व्यक्ति हुन्- फुटबल लिजेन्ड क्रिस्टयानो रोनाल्डो । उनलाई ३८९ मिलियनले फलो गरेका छन् । अर्का फुटबल लिजेन्ड लियाेनल मेसीका फलाेवर्स ३०० मिलियन रहेका छन् ।

इन्स्टाग्रामको अफिसियल अकाउन्टको फलोवर्स भने ४६० मिलियन रहेको छ । 

जेनर रियालिटी टेलिभिजन साेबाट चर्चामा आएकी हुन् ।





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १०:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया