भारतमा एकैदिन २ लाख ६४ हजार संक्रमित

भारतमा बितेकाे २४ घन्टामा दुई लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१५ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा एक लाख ९ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १२ लाख ७२ हजार ७३ जना रहेका छन् ।

भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६३ लाख १७ हजार ९२७ पुगेको छ भने हालसम्म चार लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा पछिल्लाे २४ घन्टामा काेराेनाविरुद्ध ७३ लाखभन्दा धेरै खाेप दिइएकाे थियाे । हालसम्म भारतमा एक अर्ब ५५ कराेड डाेज खाेप दिइसकिएकाे छ ।





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १०:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया