सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि
फरकधार / ३० पुस, २०७८

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।



प्रति ताेलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रति ताेला ९२ हजार २०० रुपैयाँ ताेकिएकाे छ । हिजाे तेजाबी सुन ९२ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदी प्रति ताेलामा ५ रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
 



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ११:२०:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया