बाइडनको कोभिडविरुद्धको खोप नीतिमाथि सर्वोच्च अदालतको रोक
फरकधार / ३० पुस, २०७८

ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक कोरोना परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । देशकै माथिल्लो तहको अदालतका न्यायाधीशहरूले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा बाहिर रहेको बताएका हुन् ।



तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन् ।

बाइडन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ । जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन् ।



तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने बताएका छन् ।



‘नीतिलाई समर्थन नगरेकोमा हामी सर्वोच्च अदालतमाथि गर्व गर्छौँ,’ विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन् ।  

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ११:३८:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया