स्वास्थ्य चौकीको भवन निरीक्षण गर्न निस्किएका इञ्जिनियरको करेन्ट लागेर मृत्यु

संखुवासभामा करेन्ट लागेर एकजना इञ्जिनियरको मृत्यु भएको छ । जिल्लाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर सिभिल इञ्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त निर्माणाधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा विद्युत् प्रसारण लाइनको तारमा पर्न गएर करेन्ट लागेर बेहोस भएका उनको बिहीबार दिउँसो जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो । 

सप्तरी घर भएका ठाकुर पछिल्लो समय ललितपुरमा बस्दै आएका थिए ।  





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १२:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया