रुसमा टर्की र आर्मेनीयाबीच आज वार्ता हुँदै, हट्ला तीन दशक लामो गतिरोध ?

रुसको राजधानी मस्कोमा टर्की र आर्मेनीया​का प्रतिनिधिबीच आज पहिलो चरणको वार्ता हुँदै छ । 

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार आज हुने वार्ताले दशकौंदेखि टर्की र आर्मेनीयाबीच रहेको सीमा विवाद सुल्झने र कूटनीतिक सम्बन्ध मजबुत हुने विश्वास लिइएको छ । 

टर्की र आर्मेनीयाबीच पछिल्लो तीन दशकदेखि कुनै पनि कूटनीतिक तथा व्यवसायिक सम्बन्ध रहेको छैन । 

सन् २००९ मा शान्ति सम्झौता भएपछि दुवै देशबीच आज पहिलो पटक छलफल हुन लागेको हो । 

टर्की र आर्मेनीयाबीच धेरै मुद्दामा मतभेद रहेको छ । यसमा अटोमन साम्राज्यको समयमा मारिएका १५ लाख आर्मेनियाली पनि रहेको छ । 

आर्मेनीयाले यसलाई नरसंहार बताउँदै आएको छ भने टर्कीले उनीहरु अटोमन सेनासँगको मुठभेडमा मारिएको बताउँदै आएको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १३:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया