पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लब पुरुषतर्फकाे फाइनल प्रवेश गरेको छ ।
हेल्प नेपालले शुक्रबार समूह चरणको आफ्नो अन्तिम खेलमा पोखरा रंगशालाको भलिबल कोर्टमा साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
हेल्प नेपालले खेल २५-१८, २५-१६, २५-२३ ले र आफ्नो पक्षमा पार्दै फाइनयात्रा तय गर्याे ।
हेल्प नेपालले ४ खेलमा १० अंक जाेडेकाे छ । ४ खेलमा ३ अंक जोडेको गण्डकी भने समूह चरणबाटै बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।