कोरोना भाइरसको संक्रमण फेरि तीव्र हुँदै गएपछि जारी ए डिभिजन लिगका खेल हेर्नका लागि रंगशालामा प्रवेश गर्दा खोप कार्ड अनिवार्य रूपमा देखाउनु पर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल हेर्न आउने दर्शकलाई खोप कार्ड अनिवार्य ल्याउन भनेको हो ।
रंगशाला प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको एन्फाका मिडिया को-ओर्डिनेटर शैलेन्द्र अधिकारीले बताए ।
खेल हेर्न जाने दर्शक, पत्रकार, भीआइपी लगायतले रंगशाला प्रवेश द्वारमा खोप कार्ड देखाउनुपर्ने उनले बताएका छन् । शुक्रबारबाट नवौं चरणका खेल सुरु भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।