नेपालमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १८ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार भन्दा धेरै कोरोना संक्रमित पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा २० हजार ५६० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको छ ।
सोही अवधिमा ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना कारण ३ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ ला १५ हजार ६५३ पुगेको छ भने ११ हजार ६१३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।