अमेरिकाले प्रतिबन्ध थपेपछि उत्तर कोरियाले भन्यो– कोरियाले आत्मरक्षाको ​अधिकार प्रयोग गर्न सक्छ

उत्तर कोरियाले मिसाइल परिक्षण मुद्दामा अमेरिकाले नयाँ प्रतिबन्ध लगाएपछि कडा प्रतिक्रिया जनाएको छ । 

उत्तर कोरियाले एक साताको बीचमा दुई पटक मिसाइल परिक्षण गरेपछि अमेरिकाले थप प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाले यसै साता हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । 

उत्तर कोरियाको सेन्ट्रल न्युज एजेन्सीका अनुसार विदेश मन्त्रालयका प्रवक्ताले आज अमेरिकी प्रतिबन्ध उक्साउने खालको भएको आरोप लगाएका छन् । 

‘यस्तो अवस्थामा उत्तर कोरियाले आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्छ,’  प्रवक्ताको ​भनाई एजेन्सीले उद्धृत गरेको छ, ‘यदि अमेरिका टकराव चाहन्छ भने उत्तर कोरिया कडा प्रतिक्रिया दिन बाध्य हुन्छ ।’ 

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले जनवरी १३ का दिन उत्तर कोरियाले विश्वको ध्यान आफूतिर आकर्षित गर्न थप मिसाइल परीक्षण गर्ने बताएका थिए । 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १७:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया