टाइगर कप भलिबल : न्यु डायमण्ड पराजित भएपछि एपिएफ फाइनलमा
फरकधार / ३० पुस, २०७८

पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ ।



पुलिसले महिलातर्फ शुक्रबार समूह चरणको आफ्नो अन्तिम खेलमा पोखरा रंगशालाको भलिबल कोर्टमा न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५–२०,२५–२० र २५–२३ ले आफ्नो पक्षमा परेको हो । पुलिससँग पराजित भएसँगै न्यू डायमण्डको फाइनल खेल्ने सपना अधुरै रह्यो ।

पुलिससँगको जित वा ३–२ सेटको हारले पनि न्यू डायमण्ड फाइन पुग्ने थियो तर यो नतिजासँगै अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले फाइनलमा स्थान बनायो ।



उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा आर्मीले ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो ।

एपिएफले ४ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल यात्रा तय गर्दा समान खेलबाट ७ अंक जोडेका न्यू डायमण्ड तेस्रो स्थानमा रह्यो ।

साविक विजेता पुलिस ४ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहँदा पुछारको टाइगर ग्रुप अफ पोखराले अंक जोड्न सकेन ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १८:७:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया