भारतविरुद्धकाे टेस्ट सिरिज दक्षिण अफ्रिकालाई
फरकधार / ३० पुस, २०७८

भारतविरुद्धकाे टेस्ट सिरिज घरेलु टाेली दक्षिण अफ्रिकाले हात पारेकाे छ ।



दक्षिण अफ्रिकाले ३ खेलकाे सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम टेस्टमा ७ विकेटकाे सहज जित हात पारेकाे हाे ।

याे जितसँगै दक्षिण अफ्रिका सिरिज २-१ ले आफ्नो  पक्षमा पार्न सफल भयाे ।

२१२ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै पूरा गर्यो । 



दक्षिण अफ्रिका किगन पिटरसनले ११३ बलमा १० चौकासहित सर्वाधिक ८२ रनको योगदान दिए ।

रास्सी भान डेर डुसेन ४१ तथा टेम्बा बाभुमा ३२ रनमा अविजित रहे ।

भारतका मोहम्मद शामी, शार्दुल ठाकुर र जसप्रित बुमराहले १-१ विकेट लिए । 

भारतले  दोस्रो पारिमा १९८ बनाउँदा सबै विकेट गुमाएकाे थियाे । 

पहिलो पारिमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २१२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका विकेटकिपर ऋषभ पन्त १३९ बलमा  ६ चौका र ४ छक्कासहित १०० रनमा अविजित रहे । पन्तको यो टेस्ट करिअरको चौथो शतक हो । 

विराट काेहलीले २९ र केएल राहुलले १० रन बनाउँदा अन्य ब्याटरले राम्रो दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

दक्षिण अफ्रिका मार्को जानसनले ४ तथा कागिसो रावडा र लुन्गी एनगिडीले ३-३ विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर ब्याटिङ रोजेको भारत पहिलो पारिमा २२३ रन बनाउँदै अल आउट भएको थियो ।
 
भारतका विराट कोहलीले २०१ बलमा १२ बलमा १ छक्कासहित सहित सर्वाधिक ७९ रनको योगदान दिए । चेतेश्वर पुजाराले ४३ र ऋषभ पन्तले २७ रन जाेडे ।

दक्षिणा अफ्रिकाका लागि कागिसाे रावडाले ४,मार्को जानसनले ३, डुआने ओलिभियर, लुन्गी एनगिडी र केशव महाराजले १-१ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलाे पारीमा  २१० रन बनाउँदा सबै विकेट गुमाएकाे थियाे ।

दक्षिण अफ्रिकाकका लागि किगन पिटरसनले १६६ बलमा ९ चाैका सहित सर्वाधिक ७२ रनकाे याेगदान दिए।

टेम्बा बाभुमाले २८ र केशव महाराजले २५ रन जाेडे ।

भारतका लागि  जसप्रित बुमराहले ५, उमेश यादव र माेहम्मद शामीले २-२ तथा शार्दुल ठाकुरले १ विकेट हात पारे ।

पहिलाे टेस्टमा भारत ११३ रन तथा दोस्रो  टेस्टमा दक्षिण  अफ्रिका ७ विकेटले विजयी भएका थिए ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १९:४३:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया