नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यावहारिक स्वामित्व स्थापना गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् ।
लिपुलेकबारे नेपाली कांग्रेसले निकालेको विज्ञप्तिपछि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै नेता बाँस्कोटाले भारतले मिचेका नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी वक्तव्य जनताले माग नगरेको पनि उल्लेख गरेका छन् ।
'जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी वक्तव्य मागेका हैनन्, नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यावहारिक स्वामित्व स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हेर्न चाहेका हुन्' उनले भनेका छन् ।
जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी बक्तब्य मागेका हैनन,नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यबहारिक स्वामित्व स्थापना गर्ने प्रकृया अगाडि बढाएको हेर्न चाहेका हुन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 14, 2022
त्यसैगरी एमाले नेता सूर्य थापाले पनि नेपाली कांग्रेसले निकालेको विज्ञप्तिलाई लिएर टिप्पणी गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकार भएकाले वक्तव्यबाजी नगरेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
'महामन्त्रीद्वयको वक्तव्य- प्रष्ट छौं ! कुरा प्रष्टताको सार्वजनिकीकरण होइन, सरकारले समाधान गर्ने हो त ! यो सरकार कसको नेतृत्वको हो ? देउवा मौन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूको वक्तव्यबाजी ? यो के रमिता हो ?? प्रष्ट जवाफ देऊ !' उनले ट्विट गरेका छन् ।
महामन्त्रीद्वयकाे वक्तव्य -
— Surya Thapa (@ThapajiSurya) January 14, 2022
प्रष्ट छाैं ! कुरा प्रष्टताकाे सार्वजनिकीकरण हाेइन, सरकारले समाधान गर्ने हाे त! याे सरकार कसकाे नेतृत्वको हाे ? देउवा माैन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूकाे वक्तव्यबाजी ? याे के रमिता हाे ??
प्रष्ट जवाफ देऊ ! pic.twitter.com/7rrPKuWWtd
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।