आज माघे संक्रान्ति मनाइँदै

आज माघ १ गते । हरेक वर्षकाे माघ १ गते माघे संक्रान्ति पर्व मनाइँदै आइएकाे छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) पनि भनिएको हो । 

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

आज रिडी, कालीगण्डकी, इन्द्रावती, त्रिवेणी, त्रिशुली लगायतका विभिन्न स्थानमा भक्तजनकाे भीड लाग्ने गर्दछ । यी ठाउँमा विशेष मेला पनि लाग्ने गर्दछ ।

परम्पराबाटै विभिन्न तीर्थस्थलमा गई स्‍नान गरी तिल दान गर्दा सुन दान गरे सरहकाे पुण्य प्राप्त हुने विश्वास लिँदै आइएकाे छ ।

माघे सङ्क्रान्तिका दिन चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।



आजका दिन तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रही आएकाे छ । 

तराईवासीले माघ १ गतेलाई नुहाउने पर्वका रूपमा मनाउँछन् ।



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ७:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया