सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछन् ।
लिगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा छ ।
फ्रेन्ड्स आर्मीलाई हराएर पहिलो जित हात पार्ने दाउमा हुनेछ ।
आर्मी ८ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ ।
आर्मी पनि आफ्नो अपराजित यात्रा कायम राख्दै फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ।
साँझ पौने पाँचमा हुने दोस्रो खेलमा थ्रीस्टारले संकटा क्लबको सामना गर्नेछ ।
८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको थ्रिस्टारसंकटालाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।
८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको संकटा पनि अपराजित यात्रा जारी राख्दै थ्रीस्टारलाई हराए आफ्नो स्थानमा कायम रहन चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।