भारतमा थप २ लाख ६७ हजार संक्रमित
फरकधार / १ माघ, २०७८

भारतमा बितेकाे २४ घन्टामा दुई लाख ६७ हजार ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४३० जना संक्रमितले ज्यान गुमाएका छन् । 



यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १४ लाख २५ हजारभन्दा बढी रहेको छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ भने हालसम्म चार लाख ८५ हजार ३५० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४७.३९ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ८:५०:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया