स्वास्थ्य सुरक्षा अपनाई माघे संक्रान्ति मनाउन माधव नेपालकाे आग्रह

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्य सुरक्षा अपनाई माघे संक्रान्ति तथा माघी मनाउन आग्रह गरेका छन् ।

मकर संक्रान्तिको अवसरमा शुभकामना सन्देश जारी गरी उनले यस्ताे आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघीपर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलाेस्’, अध्यक्ष नेपालले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ।

सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १०:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया