स्विडेनकी प्रधानमन्त्री मग्डालेना एन्डर्सन काेराेना संक्रमित भएकी छन् । सञ्चार सचिवले उनी काेराेना संक्रमित भएकाे पुष्टि गरेका हुन् ।
सञ्चारसचिवका अनुसार उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनी अहिले सेल्फ आइसाेलेसनमा रहेकी छन् । उनले आइसाेलेसनबाटै गर्न मिल्ने काम गर्ने बताइएकाे छ ।
उनले आफ्नाे सम्पर्कमा आएका सबैलाई काेराेना परीक्षण गर्न आग्रह समेत गरेकी छन् ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार स्विडेनमा १५ लाख ६० हजार ३६३ जनामा काेराेना संक्रमण भइसकेकाे छ भने १५ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् ।
स्विडेनमा ७२.४९ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।