संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।
फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।
'हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ,' लोराले भने ।
लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।