भारतले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक : राप्रपा
प्रतीकात्मक तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक-कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । उक्त क्षेत्रमा निर्माण भइरहेको सडकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको विषय गम्भीर रहेको राप्रपाले जनाएको हो ।

राप्रपाले नेपाल भूभाग लिपुलेक-कालापानीमा भइरहेको अतिक्रमण र हस्तक्षेपको प्रतिवाद गर्न सरकारसँग माग गरेको छ ।

'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,' राप्रपाले भनेको छ, 'कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।' 

भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा सरकार र सत्तारूढ गठबन्धन मौनता बस्नु दु:खद भएको राप्रपा महामन्त्रीमा भुवन पाठकले जनाए ।

'नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसंग कूटनीतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ' जारी विज्ञप्तिमा भनिएको छ ।
 





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १४:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया