ए डिभिजन लिग : आर्मीकाे सहज जित
फरकधार / १ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारकाे पहिलाे खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएकाे छ ।



आर्मीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबमाथि ३-१ काे सहज जित हात पारेकाे हाे। 



खेलकाे १०औं मिनेटमा जगजित श्रेष्ठले गाेल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।



४५औं मिनेटमा दिनेश हेन्जनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।



दोस्रो हाफकाे सुरुवातमै गाेल गर्दै फ्रेन्ड्सले खेलमा फर्कने संकेत देखाएकाे थियाे । 

जमल एन्थाेनी फ्रानकाेइसले गाेल गर्दै फ्रेन्ड्सलाई २-१ काे अवस्थामा ल्याए ।



७१औं मिनेटमा सुमन अर्यालले गाेल गरेपछि आर्मीले ३-१ काे जित हात पारेकाे हाे ।

याे जितसँगै आर्मी ९ खेलमा १७ अंक जाेड्दै तेस्रो स्थानमा उक्लिएकाे छ ।



९ खेलमा ३ अंक जाेडेर अन्तिममा रहेकाे फ्रेन्ड्सकाे भने रेलिगेसन खतरा बढेकाे छ ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १४:५८:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया